Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो कपडा वितरण

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ ।

बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेल गाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो ।

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।