Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ग्लोबल आइएमई बैंक र राष्ट्रिय फोटो पत्रकार समूहबीच क्यामरा खरिदका लागि सम्झौता

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) मा आवद्ध देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामरा खरिदका लागि बिना धितो ऋण पाउने भएका छन् ।

आज एक कार्यक्रमबीच बैकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यामरा खरिदका लागि दुई लाखदेखि ५ लाखसम्म ऋण दिने गरी समझदारी भएको हो ।


बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो । ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरी बैंकलाई एनएफपिजेमार्फत समन्वय र सहजीकरण गरिने छ ।

६ महिनादेखि १८ महिनासम्म सरल किस्तावन्दीमा न्यूरोडस्थित जि एण्ड डी सप्लार्यसबाट फोटो पत्रकारले क्यामरा खरिद गर्न पाउन भएका हुन् । क्यामरा खरिदका लागि विना धितो शून्य व्याजदरमा बैंकले फोटो पत्रकारलाई उक्त ऋण उपलव्ध गराउने भएको हो । राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रीय कार्यालयको आधिकारिक सिफारिसका साथै फोटो पत्रकारहरुको संस्थागत सिफारिसमा क्यामराका लागि ऋण लिन पाउने छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा बैकको तर्फबाट रमित कर्माचार्य र एनएपपिजेको तर्फबाट महासचिव घनस्याम श्रेष्ठ रहेका थिए ।