Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेप्से ६ दशमलव ५३ अङ्कले बढ्यो, कतिको भयो कारोबार?

 नेपाल स्टक एक्सचेञ्ज ‍(नेप्से) परिसूचकमा सामान्य अ‌ंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक छ दशमलव ५३ अंकले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो।

तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु। छ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन्। अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव २६, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव १३, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव २६ प्रतिशतले घटेका छन्।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको रु. २२ करोड ५३ लाख ४९ हजार पाँच सय ९७ को कारोबार भएको छ।