Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एकैपटक १७ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरसहित १७ जना सीडीओको एकै पटक सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गृह मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा गरेको छ ।

सूचीअनुसार ललितपुरमा रमेश ढकाल, भक्तपुरमा गोपालप्रसाद अर्याल, रुपन्देहीमा बासुदेव घिमिरे, पर्सामा गणेश अर्याल, महोत्तरीमा लालबाबु कवारी, पाल्पामा तोयनारायण सुबेदी, दोलखामा शिवराम गेलाल, धनकुटामा टुबराज पोखरेल, गोरखामा पुण्यविक्रम पौडेल, तनहुँमा श्यामकृष्ण थापा, गुल्मीमा जनार्दन गौतम, पाँचथरमा कृष्णप्रसाद शर्मा, सप्तरीमा भोला दाहाल, बैतडीमा दीर्घराज उपाध्याय, जाजरकोटमा मेखबहादुर मग्रान्ती, ताप्लेजुङमा नेत्रप्रसाद शर्मा, संखुवासभामा विनोदकुमार खड्का, डोटीमा मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् ।


ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ। भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ।

ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ।

undefinedundefined