Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सरकारलाई तोसिमा कार्कीको मागः कारागारहरुमा लामखुट्टे भगाउने धूप व्यवस्था गरियोस्

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को सांसद तोसिमा कार्कीले देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारमा डेङ्गु नियन्त्रणका लागि धूप तथा लिक्युड पठाउन गृहमन्त्रीलाई आग्रह गरेकी छिन् । 

आज शुक्रबार सामाजिक सञ्जालमा लेख्दै सांसद कार्कीले देशैभरी डेङ्गु संक्रमण फैलिएको र कास्कीमा सबैभन्दा बढी डेङ्गु संक्रमित रहेको भन्दै थुनुवा कक्ष तथा कारागारमा धूप तथा लिक्युड पठाउन गृहमन्त्रीलाई आग्रह गरेकी हुन्।

डा. केसीले लेखेकी छिन्, ‘माननीय गृहमन्त्री ज्यू, देशैभरीमध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै संक्रमण छ । कास्कीको ७,५०० भन्दा बढी केस भएकोमा ६,४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ । कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र? एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ । गृहमन्त्री ज्यूलाई अनुरोध गर्छु । यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्युड प्रदान गर्ने व्यवस्था गरियोस् । थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन् ।’

सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने अहिले कास्की जिल्ला कारागार कास्कीमा छन् । बिहीबार सभापति रवि लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।