Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता, के-के भयो कुराकानी?

भारत भ्रमणमा रहेका सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच दिल्लीमा भेटवार्ता भएको छ । चौथाइवालेले सामाजिक सञ्जाल एक्समा थापासँगको भेटको तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीरसँगै उनले थापासँग द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताएका छन् । भाजपा विदेश विभाग प्रमुख नेपाल आइरहने भाजपाका उच्च नेतामा पर्छन् ।  

थापा मंगलबार भारत प्रस्थान गरेका थिए । उनी एसियन क्लाइमेट समिटमा सहभागी हुन दिल्ली गएका हुन् ।

समिटको प्यानल छलफलमा उनले कार्बन व्यापार सम्बन्धी नीतिहरू र वन संरक्षणमा काम गरेको हाम्रो देशले त्यसबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा कुरा राख्ने बताएका छन् ।