Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले कीर्तिपुरमा नयाँ पार्टी कार्यालयको लागि लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङद्वारा दान गरिएको भनिएको उक्त जग्गा लिनु र कुनै दलको कार्यालय खोल्नु भ्रष्टाचारको आरोपमा अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतले सुरुमा रिट दर्ता गर्न अस्वीकार गरेको थियो, तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएको थियो। यसपछि बुधबार रिट दर्ता भएको अदालतका अधिकारीहरूले जानकारी दिएका छन्। 

रिटमा १० रोपनी १४ आना जग्गा दान गर्ने व्यक्तिविरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भन्ने सार्वजनिक प्रश्न उठेको अवस्थामा, प्रधानमन्त्रीले भवन उद्घाटन गरेकोले अन्तरिम आदेश जारी गरेर रोक्न माग गरिएको छ।