Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

शान्ति प्रक्रियासम्बन्धी विधेयकमा सहमति हुनु सुखद सन्देशः प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले विगत १७ वर्षदेखि बाँकी रहेको शान्ति प्रक्रियासम्बन्धी कानुन (टीआरसी) विधेयकमा सर्वसम्मति भई प्रमाणीकरण हुनु सुखद सन्देश भएको बताएका छन् ।

‘शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्ष नजिक पुर्‍याउन हामी सफल भएका छौं,’ उनले भने, ‘सत्य निरुपण आयोगसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र विधेयक प्रमाणीकरण भएको छ ।’ 

आयोग गठनका लागि सिफारिस हुनु र लामो समय द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश भएको पनि उनले बताए ।