सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कडा कटाक्ष गरेका छन् । उनले पार्टीका दुई–चार जना जेल पर्ने भए भनेर चिन्ता नलिन पनि आग्रह गरेका छन् ।सहकारीको रकम अपचलन प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलनमा उत्रिएको छ । रास्वपाले सरकारले प्रतिशोध साँधेको भन्दै आन्दोलन गरिरहँदा शर्माले भने अदालतको फैसला कुर्न सुझाव दिएका छन् ।
‘कांग्रेसका दुई–चार, एमालेका दुई–चार, माओवादी, राप्रपा र रास्वपाका दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्पष्ट हौं– दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो १’
रास्वपाले राजनीतिक प्रतिशोध भनेर संसदीय समिति र संसदकै अपमान गरेको पनि शर्माले टिप्पणी गरेका छन् । ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ, ‘प्रचलित कानुन बमोजिम कारबाही गर्नु’ । तर प्रक्रिया शुरु भएपछि ‘राजनैतिक प्रतिशोध’ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र रु प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम–प्रयास वैकल्पिक राजनीति रु कि विधि उपर समेतको ठगी रु’ उनको प्रश्न छ ।
रास्वपाका नेता–कार्यकर्तालाई लक्षित गर्दै शर्माले अन्धभक्तले देश र पार्टी सुधार्न नसक्ने तर्क गरेका छन् । ‘निश्चय नै ‘लोभ र डर’ ले जब कसैको इमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेशिनबाट मान्छेमा फर्किंदासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ !’