Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि बचाउ पुगेका नेता तथा कार्यकर्ताहरु आन्दोलनमा केन्द्रित हुन निर्देशन

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको रिहाइकोआन्दोलनका लागि पोखरा पुगेका नेता तथा कार्यकर्ताले आन्दोलनमा भन्दा फोटो सेसन, घुमघाम र सांसदहरूले एकअर्काबीच चुम्मामुम्बी गर्न थालेपछि रास्वपाले आन्दोलनमा केन्द्रित हुन निर्देशन दिएको छ।

लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरका कार्यकर्तालाई पोखरा झिकाएको थियो। शनिबारदेखि नै उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। रवि लामिछानेको रिहाइकोआन्दोलनका लागि पोखरा पुगेका नेता तथा कार्यकर्ताले आन्दोलनमा भन्दा फोटो सेसन, घुमघाम र सांसदहरूले एकअर्काबीच चुम्मामुम्बी गर्न थालेपछि रास्वपाले आन्दोलनमा केन्द्रित हुन निर्देशन दिएको हो।

रवि निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने माग गर्दै रास्वपा समर्थकहरूको आन्दोलन भने आज पनि जारी रहनेछ। आज पोखराको सिर्जनाचोकमा प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ। पोखरामा भेला भएका कार्यकर्ताहरूलाई यताउता नगई आन्दोलनमै केन्द्रित हुन निर्देशन दिइएको छ।

लामिछानेलाई म्याद थपका लागि भोलि अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। भोलि रविलाई अदालतमा पेस गर्ने भएपछि रास्वपा झनै जोडका साथ आन्दोलन गर्ने तयारीमा छ।