Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन पूरा भएको अवसरमा आज बुधबार दिउँसो ३ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले १०० दिनमा हासिल गरेका उपलब्धि, सुरु गरिएका महत्वपूर्ण कार्यक्रम तथा प्रगतिबारे जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्री ओली अहिले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफलमा व्यस्त रहेका छन् ।