Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

१०२ वर्ष पुरानो गलकोट दरबारको जीर्णोद्वार, आउँछन् दैनिक डेढ सय बढी पर्यटक (भिडियो)

१०२ वर्ष पुरानो गलकोट दरबार जीर्णोद्वार गरिएको छ । वि.सं. १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि पर्यटकको चहलपहल बढेको छ।

गलकोट नगरपालिका–५ हरिचौर स्थित दरबारको करिब ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको हो । दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानो लगायतका भाग जीर्ण बनेपछि जीर्णोद्वार गरिएको हो ।

galkot3.jpg

दरबार वरपर बगैचा, पिङ लगायत मनोरञ्जन गर्ने पार्कहरु निर्माण गरि रङ्गीचङ्गी बनाइएको छ । पछिल्लो समय दैनिक डेढ सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको पाइन्छ ।

galkot.jpg

अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुम लगायतका स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको पाइएको छ । 

भिडियो: