Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा उद्घाटन

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लगनखेलस्थित शाखाको स्थानान्तरण गर्दै औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ।

सो शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यले संयुक्त रुपमा गरे।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल रहेका थिए ।

सीईओ अर्यालले यस स्थानान्तरणले ग्राहकहरूलाई अझ सहज र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै कम्पनीको दीर्घकालीन योजनामा यस कदमको महत्वपूर्ण भूमिका रहेको बताए।

वडा अध्यक्ष शाक्यले पनि यस शाखाको उद्घाटनले ललितपुर क्षेत्रमा वित्तीय पहुँचको थप विस्तार हुने र बीमा क्षेत्रमा सेवाहरू सुलभ हुनेमा आफू आशावादी रहेको बताए।

नयाँ शाखा स्थानान्तरणसँगै, कम्पनीले आधुनिक सुविधासहित बीमितहरूलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।