Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तीन डिआइजीपीको सरुवा, को कहाँ पुगे?

नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) को सरुवा भएको छ । 

गृह मन्त्रालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कृष्णहरी शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएको छ ।

त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरो लाजिम्पाटका डिआइजी किरण रानालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालका भरतबहादुर बोहरालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा गरिएको गृह मन्त्रालयका प्रहरी शाखा प्रमुख कृष्ण गैरे जानकारी गराए ।