Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सन्दीपविरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदनको तयारी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाई दिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् । 

महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।