ललितपुर महानगरपालिका– ९ च्यासलस्थित दोभान खोलाको पुलबाट एक जना युवतीले बागमती नदीमा हामफालेकी छन् । आइतबार साँझ ७ बजेतिर उनले बागमतीमा हामफालेकी थिइन् । हामफालेको थाहा पाउपछि ललितपुर प्रहरी खोजीमा जुटेको छ ।
ती युवती हामफालेको पुलमुनि २० बर्षीय अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको नोटसहतिको झोला र मोबाइल पनि भेटिएको थियो। भेटिएका कागजपत्र तथा मोबाइल हामफाल्ने युवतीकै हो वा अन्य युवतीको हो भन्ने यकिन भइसकेको छैन् ।
हामफालेकी युवतीको अझै खोजी जारी रहेको ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।