Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दमौली आउँदै गरेको जिप दुर्घटना

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । 

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।