Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

भैंसेपाटीमा विद्यार्थी होस्टलमै मृत भेटिए

ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा एक विद्यार्थी मृत फेला परेका छन् । 

ललितपुर महानगरपालिका–२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएका हुन् । उनी शनिबार मृत भेटिएका थिए । उनको सनाखत हुन बाँकी नै छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले घटनाबारे अनुसन्धान अघि बढाइएको जानकारी दिए । यसैगरी ललितपुर महानगरपालिका–१० कुपोण्डोलस्थित वाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।