Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सुचारु

 रुख ढल्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक सुचारु भएको छ ।

भरतपुर महानगरपालिका-१ आँपटारीमा रुख ढलेर बिहानबाट अवरुद्ध सडक केही समय अघिबाट सञ्चालनमा आएको हो ।

रुख पन्छाएपछि सडक दुईतर्फी रूपमा सुचारु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।