Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राज हंस ब्रान्डको चिनीमा दुईथरी एमआरपी

राज हंस ब्रान्डको चिनीमा दुईथरी एमआरपी राखेको पाइएको छ । सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लि।बाट उत्पादन वर्ष २०८०/८१ मा उत्पादित राज हंस ब्रान्डको चिनीमा फरक फरक बोरामा फरक फरक एमआरपी उल्लेख भएको पाइएको हो ।

कुनै बोरामा ५ हजार ७ सय ५० रुपैयाँ उल्लेख भएको छ भने कुनै बोरामा ६ हजार रुपैयाँ एमआरपी उल्लेख भएको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले गरेको अनुगमनका क्रममा फरक फरक एमआरपी राखेको पाइएको हो ।

विभागका प्रवक्ता राकेश पाण्डेका अनुसार रानी सती इन्टरनेशनल प्रा।लि। को नैकापस्थित गोदामबाट चिनी खरिद गर्न आएको गाडी चेक जाँच गर्दा सो गाडीमा यस सुपर, कुशेश्वरले जारी गरेको बिक्री बिल भेटिएको थियो । थप सोधपुछ गर्दा रानी सतीले यस सुपरलाई चिनी बेचेको र यस सुपरले गौतम स्वीटको नाममा बिल जारी गरेको देखिएको विभागले जनाएको छ । सो कार्य मूल्य वृद्धि गर्ने आशयले गरिएको आशंकामा लागेपछि थप यकिन र अनुसन्धान गर्न रानी सती को नैकापस्थित गोदाममा रहेको १ लाख २० हजार के।जी। चिनी सिलबन्दी गरियोको विभागले जनाएको छ ।