Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सुतेकै ठाउँमा गोमनले डस्दा युवतीको मृत्यु

सिरहामा सर्पले डस्दा एक युवतीको ज्यान गएको छ । 

मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिताकुमारी सदा छिन् । गए राति सुतेका बेला १२ बजेतिर उनलाई गोमन सर्पले डसेको थियो ।
सर्पले डसेपछि उपचारमा नलगी झाँक्रीकोमा लगिएको थियो । 

झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितालाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।