Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मुग्लिन–नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् । 

आज बिहान आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा ट्रक चालकसहित केही यात्रु सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ । दुर्घटनाका कारण अन्य सवारी साधन राजमार्गमा नै रोकिएका छन् ।