Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चट्याङ लागेर माछा मारिरहेका  एक किशोरको मृत्यु, एक जना घाइते

सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय तजमुल मियाँले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । 

अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।