Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सचिव ज्ञवालीले दिए राजीनामा

राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । आफू भन्दा कनिष्ठलाई मुख्य सचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीके पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।

सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेको थियो । उनी आगामी २२ भदौमा अवकाशमा जाँदै थिए । तर, सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।