Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नेपाल आयल निगम डिपोका कर्मचारीको हत्या

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको छ ।

हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका–३ मखनाहाका ४० वर्षीय राकेश बर्मा रहेको प्रहरीले जनाएको छ । उनी डिपोका ज्यालादारी कर्मचारी हुन् । आज शुक्रबार बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।