Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

घरबाट हराएकी १३ वर्षीया बालिकाको शव खोलाको दहमा भेटियो

काभ्रेको नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुशी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् ।  

बिहीबार अपराह्न घरबाट हराएको खबर पाए लगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।