Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रहरीको ३० वर्षे सेवा अवधि विवादः सरकारको भ्याकेट निवेदनमाथि आज सुनुवाइ

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिसम्बन्धी विवादमा सरकारले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतमा आज शुक्रबार सुनुवाइ हँदैछ । न्यायाधीश नहकुल सुवेदी र विनोद शर्माको इजलासले यो विषयमा शीघ्र सुनुवाइ गर्नु आवश्यक देखिएको भन्दै आजको मिति तोकेको हो ।

२१ जना प्रहरी अधिकारीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, गृह मन्त्रालयका तर्फबाट सचिव एकनारायण अर्यालले अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएपछि आज सुनुवाइ गर्न लागिएको हो ।

प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्चका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्चले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश पनि दिएको छ । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

पद अनुसारको उमेर हदका कारण अनिवार्य अवकाशमा जानेबारे प्रहरी किताबखानाले अवकाशको पत्र समेत पठाइसकेको छ । आफूहरूलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको रिटमा उल्लेख छ ।