Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काबिल प्रशासक अर्यालले २८ औँ मुख्यसचिवको रुपमा २०८२ मंसिर २४ सम्म जिम्मेवारी सम्हालेछन्

गृहसचिव एकनारायण अर्याल नेपालका २८ औँ मुख्यसचिव बनेका छन् । बिहिबार साँझ ५ बजे बस्ने बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन् ।

मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा थिए ।

२०२४ मंसिर १० मा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण २०८२ मंसिर २४ गतेसम्म अर्थात बढीमा एक वर्ष मुख्यसचिवको जिम्मेवारी पूरा गर्नेछन् ।

अर्यालले सचिवको रुपमा अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् ।

त्यसअघि काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, कलकत्तास्थित महावाणिज्यदूत लगायतको जिम्मेवारी सम्हाली सकेका छन् ।

गृह प्रशासनमा लामो अनुभव भएका अर्याल निजामती कर्मचारीमा एक इमान्दार, निर्भीक र काबिल प्रशासकको रूपमा चिनिन्छन् । प्रत्येक जिम्मेवारीमा कुशलता र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रशासकको रुपमा अर्यालले कर्मचारी प्रशासनमा आफ्नो छवि बनाएका छन् ।