Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चट्याङ लागेर बालकको मृत्यु, हजुरआमा गम्भीर घाइते

दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । उनकी हजुरआमा भने गम्भीर घाइते भएकी छन् ।

गोठमा गएका बेला चट्याङले लागेर आठबिस नगरपालिका–५ पिपलबोटमा दुई वर्षीय बालकको ज्यान गएको हो । चट्याङ लागेर उनकी ४१ वर्षीया हजुरआमा कमला बिष्ट गम्भीर घाइते भएकी छन् । 

गोठमा गएका बेला पानी परेपछि आफन्तको घरमा ओत लाग्न पुगेका बेला उनीहरुलाई चट्याङले हानेको थियो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।