Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दर्ता

३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जाने नेपाल प्रहरीमा कार्यान्वयन हुँदै आएको कानूनी व्यवस्था हटाउने आदेशविरुद्ध ‘भ्याकेट’ (पुनरावलोकन)निवेदन दर्ता भएको छ ।

कानून नबन्दै आएको अन्तरिम आदेश व्यवहारिक नभएको दाबी गर्दै गृह मन्त्रालय सर्बोच्चको अन्तरिम आदेश विरुद्ध ‘भ्याकेट’ निवेदन लिएर मंगलबार सर्बोच्च अदालत पुगेको हो । उक्त निवेदन आज मंगलबार दर्ता भएको  हो । गृह मन्त्रालय कानून महाशाखाका सहसचिव भरतमणी रिजालले ३० बर्षे सेवावधि हटाउन सर्बोच्चले गरेको अन्तरिम आदेश बिरुद्धको भ्याकेट निवेदन दर्ता भएको जानकारी दिए ।

‘नेपाल प्रहरीमा कार्यान्वयनमा रहेको ३० बर्षे सेवा अवधि हटाउने बिषयमा सर्बोच्चले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशबिरुद्धको भ्याकेट निवेदन सर्बोच्चमा दर्ता भएको छ’, उनले भने ।