Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मुकुल ढकाल भन्छन्–म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन

डा.मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिँदै उनले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफूलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लगाएका छन् । मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।