Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बुटवल जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २४ जना घाइते

सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना भएको छ । दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।

घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार १५ जनाको उपचार भइरहेको छ । सात जना घाइतेको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । गाडीको चालक र सहचालक प्रहरी नियन्त्रणमा रहेको ट्राफिक प्रहरी निरीक्षक अनिष भण्डारीले बताए ।