Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

चाँदबाग स्कुललाई अतिक्रमित जग्गा खाली गर्न महानगरको २ दिनको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले चाँदबाग स्कुलले अतिक्रमित गरेको सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन स्कुललाई निर्देशन दिएको छ ।

महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो ।

महानगरले यस अगाडि नै स्कुललाई सार्वजनिक जग्गा खाली गर्न सूचित गराएको थियो । चाँदबाग स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ ।