Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

दुई हजार ७५९ विन्दुमा पुग्यो नेप्से, आजमात्रै १०८ अंकले बढ्यो

धितोपत्र दोस्रो बजार मापक परिसूचक नेप्से १०८.३५ अंकले बढेको छ । बुधबार नेप्से ४.०८ प्रतिशतले बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको हो ।

यसदिन तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो ।

कारोबारमा रहेका सबै उपसमूहको समूहगत परिसूचक बढेको छ । १३ वटा उपसमूहमध्ये सबैभन्दा धेरै कमाउनेमा अन्य क्षेत्र ७.८९ र फाइनान्स क्षेत्र ७.६३ प्रतिशतले बढेको छ । होटेल, हाइड्रो र व्यापार क्षेत्रको समूहगत परिसूचक पाँच–पाँच अंकले बढेको छ ।

बुधबार ९ वटा कम्पनीको सेयर मूल्य सर्वाधिक दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा एनआईसी एसिया डिबेन्चरको ३.८२ प्रतिशत रहेको छ ।

Global Ime bank
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बुधबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्य घटेको छ ।