Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो ।

व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ । उद्योग वाण्ज्यि महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्तरुपमा सम्मान गरेका थिए ।

अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । लायन्स इन्टरनेशनलद्धारा सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । लायन्स जस्ता संस्थाले जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ ।

मल्लले भने, ‘जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको छ । लायन्स जस्ता संस्थाको संगठन वृहत छ, यसलाई जलवायु परिवर्तन विरुद्धको गतिविधीमा संलग्न गराउन आवश्यक छ, ।

लायन्स इन्टरनेशनले अध्यक्ष मल्ल सहित कला र खेलकुद एवं शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पर्याउनेहरुलाई सम्मान गरेको थियो ।