Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

तिङ्कर नाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सीमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ ।

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् ।

 कोरोनाकालदेखि बन्द रहेको तिङ्कर नाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।