Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

वाइवाइले गर्‍यो क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण

चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरूप वाइवाइले प्रत्येक रनका लागि १ हजार रुपैयाँ, प्रत्येक चौकाका लागि ८ हजार रुपैयाँ, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार रुपैयाँ, प्रत्येक अर्धशतक बापत ५० हजार रुपैयाँ, प्रत्येक शतक बापत १ लाख रुपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।

सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार रुपैयाँ गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थप गरि हस्तान्तरण गरिएको हो ।