Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मुकुल ढकालको प्रतिवेदनः पार्टी नै पैसावालाको कब्जामा गयो (पूर्णपार्ठ)

‘सभापतिभन्दा नरेन्द्र मोदी भेट्न सजिलो छ, ग्यालेक्सीको टिम किन बढी?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल (हाल निलम्बित) ले तयार पारेको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेका हुन् ।

निलम्बित महामन्त्री ढकालले पार्टीमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन् । समीक्षा यात्राको प्रतिवेदनमा ढकालले उक्त विषय उल्लेख गरेका हुन् । उनले लेखेका छन्, ‘पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन । पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन् । गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नु पर्‍यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो ।’

ढकालले पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउने काम भएको लेखेका छन् । पार्टी नै पैसावालाहरुको कब्जामा गएको उनको ठहर छ । ‘वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो । गरिब मान्छेले राजनीति गर्न हुँदैन भन्ने जबरजस्त भाष्य पार्टीमा स्थापित गराइएको छ,’ उनले लेखेका छन्, ‘यस हिसाबमा कार्ल मार्क्स यदि जीवित भएको भए पनि रास्वपामा स्थान नहुने रहेछ । गरिब नेपालीलाई पनि यो देशको प्रधानमन्त्री हुने अधिकार छ भन्ने तथ्यलाई पार्टीले स्वीकार गर्नुपर्छ ।’

ढकालले यो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई बुधबार राति रास्वपा केन्द्रीय समितिले महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ ।

‘सभापतिभन्दा नरेन्द्र मोदी भेट्न सजिलो छ, ग्यालेक्सीको टिम किन बढी?’
ढकालले आफ्ना सभापतिलाई भन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो भएको टिप्पणी गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको? सभापति आफै गृहमन्त्री भएर किन गएको? सीके राउत जस्तो ब्याकमा किन नबसेको?’

त्यसैगरी उनले अर्को प्रश्न गरेका छन्, ‘किन ग्यालेक्सीको टिम धेरै भयो? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ? सरकारमा गएपछि सोचेअनुरुप फाइल किन खोलिएन?’ उनले निर्मला पन्तलाई न्याय कहिले मिल्छ भन्दै अर्को प्रश्न पनि सभापतिमाथि नै गरेका छन् ।
प्रतिवेदनको पूर्णपाठ