उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दाको बहस बिहीवार सकिएको हो ।
उक्त मुद्दाको फैसला बिहीवारै दिने तयारी सर्वोच्चले गरेको छ । यसअघि मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै गत जेठ १४ मा रिट दायर गरेका थिए ।