Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको छ।

कांग्रेससँगको सहमति अनुसार नयाँ सरकार बनाउने तयारीमा जुटेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। तर प्रधानमन्त्रीले राजीनामा नदिने भएपछि समर्थन फिर्ता लिन लागेको हो। 

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ ।