Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई नेपाली काँग्रेसको आग्रह

पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई

राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली काँग्रेसले आग्रह गरेको छ । बुधबार बिहान बसेको काँग्रेस मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

नेपाली कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गर्दै पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई गर्न दिने निर्णय गरेको हो । 

‘ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ,’ उनले भने, ‘बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’ बैठकले कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र काँग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी महतले दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए । त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको काँग्रेसले जनाएको छ । 

Prakash Sharan Mahat 1.jpg


‘हिजो पदाधिकारी बैठकले नेपाली काँग्रेस र एमाले पार्टीबीच सहकार्य  गर्ने समझदारी भएको थियो । सरकार निर्माण गर्ने सम्बन्धमा त्यसलाई स्वागत गर्‍यो । र समर्थन गर्‍यो । र दुई दलको नेताहरुकोबीच जुन समझदारी भएको थियो । उनले भने, ‘देशलाई स्थायित्व दिनको लागि देशमा  सुशासन आर्थिक समृद्धितर्फ लैजान यो सहकार्य गर्ने मुद्दामा सहमत अन्य  दललाई पनि जोड्ने छौं । नयाँ सरकारको नेृतत्व सुरुमा एमालेका अध्यक्ष केपी ओलीको रहने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सरकारको नेतृत्व देउवाले गर्ने मूल समझदारी हो ।’