Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रास्वपाको बैठकमा मुखमा कालो टेप टाँसेर सहभागी भए महामन्त्री मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ। बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री ढकालले असन्तुष्टि जनाएका छन्। लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताए। 

भिडियो:

बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई  बुझाएका थिए। 

mukul-dhakal-1719982268.jpg

ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ। प्रतिवेदनका बारेमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ।    

rasopa-baithak-2 mukul.jpg