Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जब नेपाली काँग्रेसको कार्यक्रमा केपी ओली पुगे... (तस्बिरहरु)

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिएका छन् । मंगलबार गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्ति देखि शान्तिसम्म’ भन्ने ऐतिहासिक फोटो प्रदर्शनीमा उनीहरुसँगै देखिएका हुन् ।

दुई नेताले साथै प्रदर्शनीको अवलोकन गरेका छन् । साथै कार्यक्रममा काँग्रेसका अन्य नेताहरुले पनि ओलीको भव्य स्वागत गरेका थिए । 

नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा उक्त फोटो प्रदर्शनीको आयोजना गरिएको थियो । फोटो प्रदर्शनीको उदघाटन पार्टी सभापति देउवाले गरेका हुन्।

। नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यका लागि प्रारम्भिक सहमति बनेको भोलिपल्ट देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सँगै देखिएका छन् । संविधान संशोधनलगायत विभिन्न मुद्दा सम्बोधनको उद्देश्यसहित कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि तयारी गरिरहेका छन् । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए । 

Photos (8).jpg

Photos (9).jpg