Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ । 

कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । 

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।