Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने भएका छन् । आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ । विश्वासको मत नपाए उनी स्वत बाहिरिने छन् ।

यता, नेकपा एमाले ले प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा भएका आफ्ना मन्त्री फिर्ता बोलाउँदै छ । नेकपा एमाले(कांग्रेस मिलेर नयाँ गठबन्धनका लागि सहमति गरिसकेका छन् । यो सँगै प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ ।