Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नयाँ सत्तासमिकरणप्रति मेयर बालेनको व्यङ्ग्यः काले काले मिलेर खाऊ भाले

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले सत्ता समीकरणमा आएको फेरबदलबारे कडा टिप्पणी गरेका छन् । 

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै यो समय गिरिबन्धु चियाको भएको बताएका हुन् । ‘ उनले लेखेका छन्ः यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले’, मेयर शाहले लेखेका छन् ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।