Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मध्यराति देउवासँग सात बुँदे सहमति गरेका ओली बिहानै प्रचण्ड भेट्न बालुवाटारमा

मध्यराति संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग नयाँ सत्ता समीकरणका लागि सात बुँदै लिखित सहमति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो विकसित राजनीतिक परिस्थिति जानकारी गराउँदै र मार्ग प्रशस्त गर्न सुझाव दिन ओली विहानै बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सोमबार पनि तीन घण्टा छलफल भएको थियो ।

सो छलफलमा आफूले ओलीलाई अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेको जानकारी प्रचण्डले पार्टीका नेताहरुलाई ‘ब्रिफिङ’ गरेका थिए । बालुवाटारमा अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक समेत बस्दैछ । कांग्रेस र एमालेबीचको पछिल्लो सहमतिपछिको कदमबारे छलफल गर्न प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकले प्रधानमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा निर्णय लिने जनाइएको छ ।