Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

पदबाट निलम्बन गर्न गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको हो ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते मुद्दा दायर भएको थियो । सोही रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियो ।