Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मधुसुदन घिमिरेको शब्द रचनामा हजार खोली बोलको गीत सार्वजनिक

मधुसुदन घिमिरेको शब्द रचनामा हजार खोली बोलको गीत सार्वजनिक भएको छ। हजार खोली गीतमा गायक समिर खरेलले सुरिलो आवाज दिएका छन भने नवपुस्ताका लोकप्रिय सङ्गीतकार उज्वल सागरले संगीत दिएका छन। 

उक्त गीतमा माया प्रेमको चित्रण गरिएको पाउन सकिन्छ। जीवनमा जस्तो सुकै बाधा व्यवधान आइपरे पनि आफ्नो प्रेमका निम्ती कहिल्यै पछी नहँट्ने र साथ नछोड्ने प्रेमिल भावहरू गीतमा गीतकार घिमिरेले सुन्दर ढङ्गबाट व्यक्त गरेका छन।

गायक समिर खरेलले भोइस अफ नेपाल सिजन-५ मा समेत आफ्नो प्रस्तुति दिइ चर्चा कमाएका थिए। लेखक मधुसुदन घिमिरे नेपाली साहित्यमा कलम चलाउने गर्छन। मुक्तक, कविता र कथा लेख्दै आइरहेका घिमिरे कुनै समयका रेडियो कार्यक्रम प्रस्तोता पनि हुन्। घिमिरेको यो गीत हजार खोली तेस्रो गीत हो।