नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले १२ औँ तहका आफ्ना पाँच जना उपमहानिर्देशकको जिम्मेवारी हेरफेर गरेको छ ।
जस अन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी प्रधिकरणका प्रवक्ता एवं उपमहानिर्देशक जगन्नाथ निरौलालाई दिइएको छ । त्यहाँ कार्यरत प्रतावबाबु तिवारीलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ ।
यसैगरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डे तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णलाई प्रधिकरणको प्रधान कार्यालयमा सारिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारी नविना कर्मचार्यलाई तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारी केही दिन पहिले हेरफेर गरिएको बताइएको छ ।